नेपाली राष्ट्र भाषाको जन्मस्थल मध्यकालिन इतिहासमा मल्ल राजाको वर्षेयामको राजधानी प्राचिन युगमा पाँचपाण्डव र विराट राजाको बासस्थान कर्णाली प्रदेशको ऐतिहाँसिक थलो जुम्ला जिल्ला सिंजा उपत्यकाको कनकासुन्दरी गाउँपालिका वडा नं ७ मा पर्ने सबै भन्दा ठुलो मैदान खिच्चनेमा अवस्थित हालको श्री मालिका माध्यामिक विद्यालय खिच्चने जुम्ला जिल्लाकै शैक्षिक जगतमा एक उदाउदो ताराको रुपमा देखापरेको छ ।
यस विद्यालयको स्थापना हुनुभन्दा पहिले यो विद्यालय भएको ठाउँ विगतको पाण्डुगुफा गाविस र हाल कनकासुन्दरी गाउँपालिका वडा नं ७ को पशु वस्तु चराउने सार्वजनिक स्थलको रुपमा प्रयोग गरियको थियो । यस विद्यालय क्षेत्रभित्र रहेका जनताहरु शिक्षाको उज्यालो बाट बञ्चित भएकाले जनताहरुलाई शिक्षाको ज्योती फैलाउनको निमित्त तत्कालिन अवस्थाका सम्पूर्ण अभिभावक वि व्य स शिक्षक र शिक्षा प्रेमी श्री रतन सिहं कार्की, देवि सिंह कार्की, भक्त बहादुर कार्की, कालि बहादुर घर्ती ,धन बहादुर घर्ती, मन प्रसाद उपाध्याय, गजेन्द्र बहादुर कार्की, नौलाराज कार्की, लुवारे कार्की र मोति सिह कार्की हरुको गहन भूमिकामा र सक्रियतामा वि स २०३६ साल बैशाख २२ गते बाट रानिसैन र देहारपाटा बासिहरुको सक्रिय सहयोग र श्रमदान बाट ६ कोठे भवन निर्माण गरी औपचारिक रुपले प्राथामिक कक्षा संचालन भइ पठनपाठन भएको थियो । यस विद्यालयको नामाकरण स्थापना देखि भगवतीको नाम बाट श्री मालिका प्राथमिक विद्यालय खिच्चने रहन गएको थियो । त्यस अवधिमा प्रथम प्रधानाध्यापक श्री हरिनन्द भट्ट खत्री रहेका थिए । यसरी तत्कालिन अवस्थामा सम्पर्ण अभिभावक वि व्या स शिक्षक र शिक्षा प्रेमीहरुको गहन भूमिका र सक्रियतामा वि. स २०५८ साल श्रावण १६ गते नि.मा.वि कक्षा ६ स्वीस्कृत भइ नि.मा.वि कक्षाहरु संचालन भई पठनपाठन भएको थियो । साथै यस क्षेत्रमा रहेका बुद्धिजीवी र शिक्षा प्रेमीहरुको निरन्तर सहयोगले वि. स २०७१/४/१६ गतेमा माध्यामिक स्तर कक्षा ९ को अस्थायी अनुमती प्राप्त गरी कक्षा संचालन गरिएको छ । साथै यस समय अवधिका प्रधाध्यापकको भूमिकालाई झनै भुल्न सकिदैन । जुम्ला बजार बाट करिब दुई कोष टाढा पर्ने यस विद्यालयको शैक्षिक क्षेत्रमा सदरमुकाममा रहेका विद्यालयहरुलाई समेत उछिन्न सफल भएको छ । यस हुनुको प्रमुख कारण समर्पित शिक्षक लगनशिल विद्यार्थी जिम्मेवार व्यवस्थापन जागरुक समुदाय स्वच्छ र पारदर्शी प्रशासन एवम माथिल्लो निकाय संग सिन्धुको मिलनले सफलको परिणाम हो भन्न सकिन्छ ।
वि स २०५१ सालमा नापि नक्सा हुदा देहारपाटा गाँउका मुखिया श्री प्यारिलाल काँफ्ले ज्यूले दिएको रसिद अनुसार सय विद्यालयले १९,५०० व. मी क्षेत्रफलको जग्गाधनी प्रमाण पुर्जा पाइसकेको छ । जसमा हाल ३०० बोटा स्याऊ र २०० बोटा ओखर रोपिएको छ तर घेरबारको अति राम्रो व्यवस्था गर्न सकि रहेको छैन । हाल यस विद्यालयमा DFID जुम्लाको सहयोगमा वि स २०६२ सालमा रु ७,०१,००० को लागतमा छ कोठा भवन र ओल्ड भिजन जुम्लाको सहयोगमा रु ३,४५,००० को लागतमा तिन कोठा भवन र पाण्डगुफा गावि स को सहयोगमा रु ३,४४,००० को लागतमा दुई कोठा भवन गरी जम्मा ११ कोठाको भवन रहेको छ । भने वि स २०७२ सालमा जिल्ला शिक्षा समन्वय इकाई जुम्लाको १८०,०००० लाख लागतमा दुई कोठा भवन कासाथै वि स २०७४ सालमा जिल्ला शिक्षा समन्वाय इकाई जुम्ला बाट २००,०००० लाख लागतमा दुई कोठाको भवन निर्माण कार्य सम्पन भएको थियो । साथै वि स २०७५ सालमा कर्णाली प्रदेश सरकार बाट ५००,०००० लाख लागतमा छ कोठा प्रदेश नमुना भवन र ५००,०००० लाख लागतमा छ कोठाको भवन निर्माण भएको छ । साथै वि स २०७७ सालमा ८००,०००० लाख लागतमा आवासिय भवन दश कोठा र शौचालय र बाथरुम सहितको भवन निर्माण भयको छ भने वि स २०७८ सालमा ८००,०००० लाख लागतमा विद्यालयको तिन कोठाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । यस विद्यालयको प्रशस्त क्षेत्रफल भयको कृषियोग्य समथर भू-भाग भएकाले आगामी दिनमा यस विद्यालयमा कृषि प्राविधिक शिक्षा संचालन गर्न सकियमा कृषिमा दक्ष जनशक्ति उत्पादन गरी यस क्षेत्रको कृषिमा आधुनिकिकरण गरी जनताहरुको जिवनस्तर उकास्न सकिन्छ भन्ने हामीहरुको अनुमान छ । यसका निमित्त सम्बन्धित निकायमा पहल गर्ने लक्ष्य राखियको छ
कनकासुन्दरी गा पा वडा ६ अवस्थित श्री आधारभुत विद्यालय जिल्लाको श्री सदरमुकाम वाट ५५ कि.मी., कनाकासुन्दरी गापा देखि १ किलो मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०४९ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउका समाजसेवी हरुले गर्नु भएको थियो । विद्यालय कक्षा ६ सम्म संचालनमा छ । यस विद्यालयको नाम श्री अ्रा.वि. रहेको मा २०३८ मा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको निर्णयबाट विद्यालयको नाम परिवर्तन गरि श्री श्री आधारभुत छ । यस विद्यालयको सेवा क्षेत्र कनकासुन्दरी गापा ६ को ३५० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी २९२ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ५ वटा भवनका १४ वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका १ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई कच्ची सडक र गोरृटो बाटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु नभएका र शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको छ ।
विद्यालयको नाम : श्री आधारभुत विध्यालय गोरुचौर
स्थापना : २०४९ साल
ठेगाना : कनकासुन्दरी गाउपालिका ६ गोरुचौर जुम्ला
विद्यालयको क्षेत्रफल : ५ रोपनी
विद्यालयले समेटेका वडा समुदाय : कनकासुन्दरी गाउपालिका ६ गोरुचौर जुम्ला
विद्यालयले समेटेका घरधुरी : २००
विद्यार्थी संख्या : जम्माः २९२ ( छात्र २२७ छात्र ९२)
शिक्षक संख्या : जम्माः ७ जना ४ जना शिक्षक ३ जना शिक्षिका
चर्पी संख्या : ३ वटा १ प्रयोग नभएको
भवन संख्या कोठा संख्या : ४ वटा भवन १२ कोठा
खानेपानी : छैन
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर १
शैक्षिक सामाग्रीहरु : ब्यवस्थित
कार्यालय कोठा : ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिला ३ पुरुष ६)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किमि गा.पा.सम्म : कच्ची १ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : गणेश प्रसाद आर्चाय